धरानः बैशाख ३० गते देखि धरानमा देखिएको डेंगु प्रकोप नियन्त्रण बाहिर गए पछि दुई वडालाई डेंगु संकटग्रस्त वडा घोषणा गरिएको छ । धरान उपमहानगरपालिकाको वडानं। १५ र ८ नम्वरलाई स्वास्थ्यमा आपतकालिन अवस्था डेंगु संकटग्रस्त वडा घोषणा गरिएको विशेषा अभियान नै संचालन गरेको छ । धरान उपमहानगरपालिकाको वडानं। १५, ८, १३ र ९मा डेंगु संक्रमितनै भेटिए पनि अरु सवै वडामा यसको जोखिम बढेको छ ।
सुरु देखिनै डेंगु नियन्त्रणको प्रयास भईरहे पनि प्रभावकारी हुन नसकेपछि स्थानिय सरकार धरान उपमहानगरपालिकाले प्रदेश र संघिय सरकारलाई पत्रचार गरी डेंगु नियन्त्रणका लागि सहयोग समेत मागिएको कार्यवहाक मेयर मञ्जु भण्डारीले जानकारी दिइन् । डेंगुका विरामीहरुलाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचार गर्न माग गर्दै पत्रचार गर्ने निर्णय गर्नुका साथै प्रतिष्ठानमा हेल्प डेक्सको पनि स्थापना गरेको छ । अस्पतालमा विरामीको चाप वढे पछि अहिले प्रतिष्ठानमा समेत मानिसको भिड बढेको छ । चिकित्सक विजय कुमार खनालका अनुसार टोलटोलमा पुगेर जनचेतना फैलाउने कार्य जारी छ ।
चिकित्कसहितको टोलिले अहिले धरानका विभिन्न टोलटोलमा पुुगेर जनचेतना फैलाउने काम गरिरहेको छ भने डेंगु सार्न मदत गर्ने लामखुट्टेको लार्भा सफा गर्ने काम गरिरहेको छ । दिउँसो मात्र टोक्ने र सफा पानीमा अण्डापार्ने फरक प्रजातीको लमखुटेलाई निर्मुल पार्न धरान उपमहानगरपालिकाले औषधी समेत छर्कने काम गरेको छ ।
अहिले सम्म धरानका २ सय भन्दा बढि व्यक्ति डेंगुुको संक्रमणमा परेका छन् । यस अघि डेंगुमा विरामी देखिने गरे पनि धरानमा एकै पटक यति धेरै व्यक्तिमा संक्रमण देखिएको भने पहिलो पटक हो । धरानमा पछिल्लो समय डेंगु नियन्त्रण बाहिर गए पछि धराने जनमानसमा त्रास फैलिएको छ । यस सम्बन्धी थप विवरण सहितको समाचार प्रदेश पोर्टलमा प्रकाशित छ ।