नयाँ कुरो समाचार ।।
पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपमा झापा ११ विरुद्ध मचिन्द्र कल्बले ५–० गोल अन्तरको जित निकालेको छ ।
खेलमा एकोहोरो हावी भएको मचिन्द्रले झापा विरुद्ध गोलको बर्षा गरेको हो ।
ए डिभिजन क्लब मचिन्द्रको सामु झापा ११ निरिह देखिएको थियो । खेलको पहिलो हापको १९ औ मिनेटमा मचिन्द्रका देबेन्द्र तामाङले झापा विरुद्ध गोलको खाता खोलेका थिए ।
त्यस पश्चात उत्सव राइ ले अर्को गोल थपे, विजु भुजेलले पहिलो हापको अन्तिम इन्जुरी समयमा गोल गर्दै खेललाइ ३–० को अग्रतामा पुर्याए ।
दोश्रो हापमा समेत मचिन्द्रका सौरब सुब्बा र विजु भुजेलले झापा विरुद्ध गोल थपेका थिए । आजको प्रतियोगिातमा २ गोल गर्ने मचिन्द्रका विजु भुजेल उत्कृष्ट खेलाडी घोषित हुदै १० हजार रुपैया हात पारे ।
प्रतियोगिता अन्र्तगत सोमबार पहिलो क्वाटर फाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभूवन आर्मी क्लब आमने सामने हुनेछन् ।
२०४४ सालमा तत्कालिन राजा विरेन्द्रको जन्मोत्सव कपको रुपमा सुरु भएको यो प्रतियोगिता २०६६ सालबाट नेपालका १६ औ राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको नामबाट सञ्चालन हुदै आएको छ ।
पूर्वी नेपालको लोकप्रिय गोल्डकपको रुपमा परिचित प्रतियोगिता २०७६ साल पश्चात कोभिड संक्रमणका कारण सञ्चालन हुन सकेको थिएन ।
प्रतियोगिताको यो संस्करणमा नेपालका ए डिभिजनका ४ सहित जम्मा १० टिम सहभागी रहेका छन् ।
गोल्डकपको यो संस्करणको विजेताले नगद १० लाख ५ सय ५५ रुपैया सहित ट्रफि र उपविजेताले ५ लाख ५ सय ५५ सहति ट्रफि हात पार्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी पौष १५ गते हुनेछ ।
भिडियोमा हेर्नुहोस