फाल्गुनन्द गोल्डकपको सुखद पुनरागमन, पहिलो खेलबाट विदेशी पाहुना टोली घर फर्कियो

नयाँ कुरो समाचार ।।

पाँचथरको सदरमुकाम फिदिममा आजबाट फाल्गुनन्द गोल्डकपको ११ औ संस्करण सुरु भएको छ ।

पहिलो खेलमा आयोजक फिदिम स्पोर्टीङ क्लब ले छिमेकी राष्ट्र भारतको खर्साङ फुटबल क्लबलाइ टाइब्रेकरमा ५—४ गोल अन्तरले पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछी खेल टाइब्रेकरमा धकेलिएको थियो ।

फिदिमका तर्फबाट आशिष चापागाइ, राम वाजी, शुकराज राइ, निरोज लिङदेन र विशाल दर्जिले गोल गरेका थिए ।

खर्साङका छोगेल लामाको प्रहारलाइ आयोजकका गोलरक्षक मिराक खजुमले रोकिदिदा प्रतियोगिताको एक मात्र विदेशी पाहुना टोली घर फर्किन बाध्य भएको हो ।

आजको प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका गोल रक्षक मिराक खजुम घोषित भए । उनले नगद १० हजार रुपैया हात पारेका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र क्लब र झापा ११ विचमा खेल हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिनुभयो ।

२०४४ सालमा तत्कालिन राजा विरेन्द्रको जन्मोत्सव कपको रुपमा सुरु भएको यो प्रतियोगिता २०६६ सालबाट नेपालका १६ औ राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको नामबाट सञ्चालन हुदै आएको छ ।

पूर्वी नेपालको लोकप्रिय गोल्डकपको रुपमा परिचित प्रतियोगिता २०७६ साल पश्चात कोभिड संक्रमणका कारण सञ्चालन हुन सकेको थिएन ।

६ बर्ष रोकिएको प्रतियोगिता उलेख्खय दर्शकलाई उपस्थित गराएर सुखद पुनरागमन गर्न सफल भएको छ ।

प्रतियोगिताको यो संस्करणमा नेपालका ए डिभिजनका ४ सहित जम्मा १० टिम सहभागी रहेका छन् ।

गोल्डकपको यो संस्करणको विजेताले नगद १० लाख ५ सय ५५ रुपैया सहित ट्रफि र उपविजेताले ५ लाख ५ सय ५५ सहति ट्रफि हात पार्ने छन् ।

प्रतियोगिताको फाइनल खेल आगामी पौष १५ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार