पाँचथर : कोशी प्रदेसका मुख्यमन्त्री केदार कार्कीले पहिचान यो प्रदेसको शिर भएको बताउदै यसलाइ निहुरिन नदिइने दावी गर्नुभएको छ ।
आज पाँचथरमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकता संग आफ्ना कुरा राख्नेक्रममा मुख्यमन्त्री कार्कीले सस्कृती र पहिचानको पक्षमा आफ्नो सरकारले यसै पल्टबाट बजेट विनियोजन सुरु गरेको बताउनुभयो ।
पहिचान र संस्कृतीलाई पर्यटन संग जोडेर आम्दानी बढाउने तर्फ प्रदेस सरकार सचेत रहेको कार्कीको दावी छ ।
संसारभरीका मान्छेहरु यहाँको भाषा र संस्कृती पढ्न आउन भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको कार्कीको भनाइ छ ।
खुवाचुङ र खुवालुङको संरक्षणमा प्रदेस सरकारको ध्यान गइसकेको भन्दै फाल्गुनन्द र आत्मानन्दको लागि समेत बजेट विनियोजन भएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
भिडियो हेर्नुहोस