नयाँ कुरो समाचार ।
ए डिभिजन क्लब न्यूरोड टिम (एन आर टी) ले सलहेस यूवा क्लब सिराहा विरुद्ध कठिन जित निकालेको छ ।
पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको ११ औ संस्करण अन्र्तगको बिहिबार सम्पन्न खेलमा एन आर टी ले टाइब्रेकरमा ५–४ को जित निकालेको हो ।
निर्धारित समयमा खेल बराबरी भएपछी टाइब्रेकर मार्फत निर्णय लिइएको थियो ।
टाइब्रेकरमा सलहेसका विदेशी मुलका खेलाडी हेनरी ले गोल गर्न चुक्दा नतिजा एन आर टी को पक्षमा पुगेको हो ।
एन आर टी का अन्जन विष्ट, सरोज तामाङ, कार्लस, अभिषेक लिम्बू र क्षिजित छुर्रु ले गोल गरेका थिए भने सलहेसका कुलदिप कार्की, दोर्जे तामाङ, फागुराम थारु र विवेक राइले गोल गरेका थिए । यो संगै सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब संग एनआरटीले खेल्ने भएको छ ।
विहिबार सम्पन्न खेलको उत्कृष्ट खेलाडी बन्दै एन आर टी का अभिषेक लिम्बूले नगद १० हजार रुपैया हात पारे ।
प्रतियोगिता अन्र्तगत शुक्रबार देखी सेमिफाइनलका खेलहरु हुनेछन् । शुक्रबारको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब ले चर्च बोइज को सामना गर्नेछ ।
२०४४ सालमा तत्कालिन राजा विरेन्द्रको जन्मोत्सव कपको रुपमा सुरु भएको यो प्रतियोगिता २०६६ सालबाट नेपालका १६ औ राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको नामबाट सञ्चालन हुदै आएको छ ।
पूर्वी नेपालको लोकप्रिय गोल्डकपको रुपमा परिचित प्रतियोगिता २०७६ साल पश्चात कोभिड संक्रमणका कारण सञ्चालन हुन सकेको थिएन ।
प्रतियोगिताको यो संस्करणमा नेपालका ए डिभिजनका ४ सहित जम्मा १० टिम सहभागी रहेका छन् ।
गोल्डकपको यो संस्करणको विजेताले नगद १० लाख ५ सय ५५ रुपैया सहित ट्रफि र उपविजेताले ५ लाख ५ सय ५५ सहति ट्रफि हात पार्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी पौष १५ गते हुनेछ ।
भिडियोमा हेर्नुहोस टाइब्रेकर