ए डिभिजन क्लब त्रिभूवन आर्मीलाइ पाखा लगाउदै आयोजक सेमिफाइनलमा (भिडियो सहित)

नयाँ कुरो समाचार 

पाँचथर ०८ पौष

ए डिभिजन क्लब त्रिभूवन आर्मी पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको पहिलो खेलबाटै वाहिरिएको छ ।

टाइब्रेकरमा आयोजक फिदिम स्पोर्टिङ क्लब संग ४–२ गोल अन्तरले पराजित हुदै विभागिय टोली घर फर्किएको हो ।

निर्धारित समयमा खेल बरावरीमा टुंगिएपछी टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका गोलरक्षक मिराक खजुम खेलको “हिरो” बन्दा आर्मी घर फर्किन बाध्य भएको हो । आयोजकका गोल रक्षकले आर्मीका २ वटा पेनाल्टी सुट आउटलाइ रोकेका थिए ।

आयोजकका तर्फबाट आशिष चापागाइ, विशाल दर्जी, राम वाजी र निरोज लिङदेनलले गोल गरेका थिए । आर्मीका निरज कुमार घिसिङ र सन्तोष केसीले गोल गरेपनि सिद्धान्त चौधरी र सन्तोष केसी गोल गर्न चुक्दा पहिलो खेलबाटै विभागिय टोली घर फर्किनु परेको हो ।

आजको खेलको उत्कृष्ट खेलाडी बन्दै आयोजकका विशाल दर्जिले नगद १० हजार रुपैया हात पारे ।

प्रतियोगिता अन्र्तगत मंगलबार मछिन्द्र फुटबल क्लब र न्यू स्टार सुनसरी दोश्रो क्वाटर फाइनल खेलमा आमने सामने हुनेछन् ।

२०४४ सालमा तत्कालिन राजा विरेन्द्रको जन्मोत्सव कपको रुपमा सुरु भएको यो प्रतियोगिता २०६६ सालबाट नेपालका १६ औ राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको नामबाट सञ्चालन हुदै आएको छ । पूर्वी नेपालको लोकप्रिय गोल्डकपको रुपमा परिचित प्रतियोगिता २०७६ साल पश्चात कोभिड संक्रमणका कारण सञ्चालन हुन सकेको थिएन ।

प्रतियोगिताको यो संस्करणमा नेपालका ए डिभिजनका ४ सहित जम्मा १० टिम सहभागी रहेका छन् । प्रतियोगिताको संरक्षकको रुपमा फिदिम नगरपालिका रहेको छ ।

गोल्डकपको यो संस्करणको विजेताले नगद १० लाख ५ सय ५५ रुपैया सहित ट्रफि र उपविजेताले ५ लाख ५ सय ५५ सहति ट्रफि हात पार्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी पौष १५ गते हुनेछ ।

भिडियोमा हेर्नुहोस आयोजकले कसरी हरायो त्रिभूवन आर्मीक्लकलाइ ….

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार