नयाँ कुरो समाचार ।।
राष्ट्रीय स्वतन्त्र पार्टी पाँचथरको प्रथम जिल्ला भेला सकिएको छ ।
भेलाले प्रकास गुरुङको नेतृत्वमा ११ सदस्यिय समितिको टुङ्गो लगाएको छ ।
अब पाँचथरमा रास्वपाको नेतृत्व प्रकास गुरुङले गर्ने भएका हुन् ।
नवगठित समितिमा उपसभापती सहरसिं तामाङ, सचिव धनकुमार धमला, सहसचिव यामकुमार शिवाकोटी, कोषाध्यक्ष सृजना रिजाल र सदस्यहरुमा मुना लक्सम, महेश्वर तिम्सिना, चन्द्र प्रसाद आचार्य, रवीन आङदेम्बे, शुनिल बर्मा र कुलराज तामाङ रहेका छन् ।
सभापतीमा चयन भएका गुरुङ हाल फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा अध्यक्षको रुपमा समेत रहेका छन् ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य तोसिमा कार्की, रास्वपा केन्द्रीय सह प्रवक्ता रमेस प्रसाइ, कोशी प्रदेस महामन्त्री लालविक्रम थापा, ताप्लेजुङ जिल्ला सभापति विरेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
गएको असोज १ र २ गते भएको रास्वपाको भेलाले २ जना मात्रै रेहको जिल्ला समितिलाई पुर्नगठन गर्ने निर्णय गरेको र सोही अनुरुप जिल्लामा संगठन विस्तारको क्रमलाइ निरन्तरता दिइएको ताप्लेजुङ सभापती विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
आफुले सामाजिक कामलाइ पहिलो प्राथमिकतामा राखेर संगठनको कामलाइ निरन्तरता दिने रास्वपा पाँचथरका नविनर्वाचित सभापती प्रकाश गुरुङले बताए ।
हाल १३ सदस्यीय कार्यसमितिको टुंगो लागिसकेको र थप २ जनालाइ समेत कार्यसमितिमा मनोनयन गरेर जिल्लाका गतिविधी अगाढी बढाइने गुरुङको भनाइ रहेको छ ।